Khabar Samachar

Search
Close this search box.

सुकुम्वासी बस्तीमा डोजर चलाउनु हुँदैन : प्रकाशमान सिंह

207
VIEWS

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने बताए ।

‘भूमि आयोगले काम सुरु गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ,’ आइतबार बिहान थापाथलीस्थित बागमती नदी किनारको वस्तीमा आयोजित कार्यक्रममा उनले भने, ‘त्यसको प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्छौं ।’

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएका नेता सिंहले काठमाडौंको सुकुम्वासी बस्तीमा डोजर चलाउनु नहुने बताएका हुन्।

उनले आइतवार थापाथलीस्थित सुकुम्वासी बस्तीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्वासी बस्ती हटाउन अमानविय रुपमा जबरजस्ती गर्नु नहुने बताए।

सिंहले सरकारले सुकुम्वासीहरुको समस्या समाधान गर्न सरकारले भूमि आयोग गठन गरेको उल्लेख गर्दै त्यसको आयोगको प्रतिवेदन आएपछि  बनाउने नीति, कार्यक्रम लागू गराउन आफू प्रतिवद्ध रहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित