Skip to main content

Khabar Samachar

Search
Close this search box.

रोहितकुमार पौडेल ओडीआईका विश्वकै दोस्रो कान्छो कप्तान

204
VIEWS

रोहितकुमार पौडेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा कप्तानी गर्ने विश्वकै दोस्रो कान्छो कप्तान बनेका छन् ।

युएई विरुद्धको ओडीआई शृंखला अन्तर्गत सोमबार पहिलो खेलमा नेपालको कप्तानी गर्दै रोहितले यो उपलब्धी हासिल गरेका हुन् ।

युएई विरुद्ध कप्तानी गर्दा रोहित २० वर्ष ७३ दिनका मात्र छन् ।

अफगानिस्तानका रासिद खान ओडीआईमा कप्तानी गर्ने विश्वकै कान्छो कप्तान हुन् । उनले सन् २०१८ मा जिम्बावेको बुलायोमा भएको खेलमा स्कटल्याण्ड विरुद्ध १९ वर्ष १६५ दिन हुँदा कप्तानी गरेका थिए ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार रोहितलाई नेपालको कप्तान नियुक्त गरेको थियो । यसअघिका कप्तान सन्दीप लामिछाने बलात्कारको अभियोगमा थुनामा परेपछि क्यानले उनलाई निलम्बन गरेको थियो ।

पछिल्लो समय एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका रोहित यसअघि उपकप्तान थिए । सन् २०१८ फेब्रुअरीमा मा नामिबिया विरुद्ध लिस्ट ए मा डेब्यु गरेका रोहितले २०१८ अगष्टमा नेदरल्याण्ड्स विरुद्ध ओडीआईमा डेब्यु गरेका थिए ।

१५ वर्ष ३३५ दिनको हुँदा नेदरल्याण्ड्स विरुद्ध खेलेका रोहित ओडीआई खेल्ने छैटौं कान्छा खेलाडी हुन् । रोहितले नेपालका लागि २५ ओडीआई खेल्दै १ शतक र ५ अर्धशतक मद्तमा ८०८ रन बनाएका छन् ।

रोहित नेपालको ओडीआई टिमलाई कप्तानी गर्ने चौथो खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछानेले ओडीआईमा नेपालका लागि डेब्यु गरिसकेका छन् ।

यस्तै रोहित घरेलु मैदानमा ओडीआईमा कप्तानी डेब्यु गर्ने दोस्रो नेपाली खेलाडी हुन् ।

यसअघि ज्ञानेन्द्रले सन् २०२० फेब्रुअरीमा टीयू मैदानमै भएको क्रिकेट विश्वकप लिग टु मा ओमान विरुद्ध कप्तानी डेब्यु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित