Khabar Samachar

Search
Close this search box.

महानगरले त्रिबुभन बिमानस्थल वारीपरी क्षेत्रमा रुख कटान गर्दै

225
VIEWS

काठमाडौं महानगरपालिकाले एयरपोर्ट सिनामंगल क्षेत्रमा रूख कटान गरेको छ। आज बिहान महानगरबाट खटिएको टोलीले जोखिमयुक्त रूख कटान गरेका हुन्। बिजुलीका तार अवरोध गर्ने रूख र हाँगा कटान गरिएको महानगरले जानकारी दिएको छ। नगर प्रहरी निरीक्षक प्रकाश पण्डितले जोखिमयुक्त रूख कटान गरिएको बताए। ‘वडा र विद्युत प्राधिकरणको आग्रहमा जोखिमयुक्त रूख र हाँगा कटान गरिएको छ। जरा कमजोर भएका रूख जुनसुकै बेला ढलेर मानविय र भौतिक क्षति हुन सक्ने भएकोले रूख कटान गर्नुपरेको हो,’ उनले भने। बिजुलीका तारमा रूखका हाँगाले छुँदा अवरोध हुने गरेको पाइएपछि रूख कटान गरिएको हो। कटान गरिएका रूख र हाँगा महानगरको वातावरण विभागले व्यवस्थापन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित