Khabar Samachar

Search
Close this search box.

विप्लव नेकपाद्वारा भोजपुर विस्फोटको जिम्मा

201
VIEWS

भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा सत्तागठबन्धनको चुनावी सभामा भएको बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ ।

विप्लव नेकपाका एक नेताले घटनाको जिम्मेवारी लिएका छन् । चुनाव बहिष्कार गर्ने पार्टीको निर्णयअनुसार बम विस्फोट गराइएको  बताए ।

तिवारीभञ्ज्याङ बजारमा सभा भइरहेको बेला कार्यक्रमस्थलमा बम पड्किएको थियो । विस्फोटमा परी एकजना घाइते भएका छन् । भोजपुरकै अरुण गाउँपालिका चरम्बीका सुमन श्रेष्ठ घाइते भएका छन् ।

श्रेष्ठ विप्लवकै कार्यकर्ता भएको र उनले टिफिन बक्समा विस्फोटक पदार्थ राखेर बनाएको बम झोलामै पड्किएको प्रहरीले बताएको छ ।

उनको बायाँ खुट्टामा सामान्य चोट लागेको र इप्रका तिवारीभञ्ज्याङले नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए ।

सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम छ । मोरङ, खोटाङलगायत ठाउँको कार्यक्रम भ्याएर जाने भएकाले विस्फोटको बेला प्रचण्ड कार्यक्रमस्थल पुगिसकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित