Khabar Samachar

Search
Close this search box.

आज मध्यरातिदेखि मतगणना नसकिँदासम्म मदिरा बेच्न र खान नपाइने

204
VIEWS

 

निर्वाचन आयोगले मंसिर ४ गते (आइतबार) हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री, वितरण र सेवन गर्न निषेध गरेको छ।

 

आज (मंसिर १) राति १२ बजे ‘स्थिर समय’ सुरु हुँदै छ। यसअघिका निर्वाचनमा ‘मौन अवधि’ भनिने गरेको भए पनि यसपटक आयोगले यसलाई ‘स्थिर समय’ भनेको हो। स्थिर समय सुरु भएसँगै दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाउने छैनन्।

 

योसँगै आज राति १२ बजेदेखि मदिरा बिक्री, वितरण र सेवन पनि निषेध गरिने निर्वाचन आयोगले जनाएको छ। मतगणना नसकिँदासम्म यो प्रतिबन्ध खुला गरिने छैन।

यसका लागि आयोगले आवश्यक प्रबन्ध मिलाई मदिरा बिक्री, वितरण, ओसारपसार तथा सेवन गर्ने गराउनेकार्यलाई पूर्ण रूपले निषेध गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित