नेपाल र यूएईको एकदिवसीय खेलमा सट्टेबाजी गरेको आरोपमा पक्राउ परेकामध्ये ४४ जना भारतीय नागरिक भएको खुलेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लाइभ बेटिङ गर्ने ४४ जनालाई कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको थियो। पक्राउ ४४ जना नै भारतीय भएको खुलेको हो।
नेपाल र युएईबीच एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थानमा अनलाइन लाइभ सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटहरुमार्फत व्यावसायिक रुपमा अनलाइन सट्टेबाजी (जुवा) खेल्ने/खेलाइरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको
थियो।
उनीहरू सबैजनामाथि जुवा ऐनअन्तर्गत कारवाहीका लागि अनुसन्धान भइरहेको ब्युरोका प्रुमुख एआईजी उत्तम सुवेदीले बताएका छन्।
पक्राउ परेकामध्ये केहीलाई सीआईबी र केहीलाई कालिमाटी प्रहरी बृत्तमा राखिएको छ। प्रहरीले पक्राउ परेकाहरुको साथमा रहेको मोबाइल पनि नियन्त्रणमा लिएको छ।
Discussion about this post