Khabar Samachar

प्रदेश सभातर्फको मतदान बहिष्कार गरे मेयर बालेनले

220
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रदेशसभातर्फ मतदान अस्वीकार गरेका छन्।

काठमाडौं महानगरपालिका-९ स्थित गैरीगाउँस्थित अन्नपूर्ण मतदान केन्द्रबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक दुवैमा भोट हालेका उनी प्रदेशतर्फ भोट नदिइ निस्किए।

मतदानका क्रममा उनलाई प्रदेशतर्फ भोट हालिनसकेको भनेर मतदान केन्द्रमा रहेका सुरक्षाकर्मीले रोक्न खोजेका थिए।

तर उनले प्रदेशतिर भोट नहाल्ने इशारा हातले गर्दै मतदान केन्द्रबाट बाहिरिए। उनले प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक दुवैको मतपत्र नलिएपछि सुरक्षाकर्मीले मतदान छुटेको भनेका थिए।

शाहले नेपालको संघीय प्रणालीप्रति असहमति जनाइरहेका छन्। उनले संघीय सरकार र स्थानीय सरकार मात्रै राख्नुपर्ने तर्क गरिरहेका छन्।

स्थानीय सरकारलाई अझै शक्तिशाली बनाएर प्रदेश संरचना हटाउनुपर्ने उनको तर्क छ। यसअघि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रदेश संरचनामा असहमति जनाउँदै उम्मेदवारी नै दिएको छैन।

अहिलेको प्रदेश संरचनामा ५ जना ५० जना सांसद छन्। यता प्रतिनिधिमा २७५ सांसद हुन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित