Khabar Samachar

स्याङ्जा २ मा बुथ कब्जाको आरोप

205
VIEWS

स्याङ्जाको क्षेत्र नम्बर २ अन्तर्गत चापाकोट नगरपालिकाका चारवटा बुथमा सत्ता गठबन्धनको नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका छन् ।

स्याङ्जामा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी एमाले उम्मेदवार पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार मेघबहादुर आलेसहितले कांग्रेस उम्मेदवार धनराज गुरुङकै अगुवाईमा धाँधली भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।

गठबन्धनबाहेकका उम्मेदवारले पुन: मतदान गर्न माग गर्दै निर्वाचन आयोगलाई पत्र दिएका छन् । गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर एकै व्यक्तिले सयौं पटक मतदान गरेको आरोपसहित उनीहरूले उजुरीमा उल्लेख गरेका छन् ।

नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल लगायतले संयुक्त निवेदन दिएका हुन् ।

चापाकोट नगरपालिकाका ४ वटा बुथमा अप्रत्यासित मत खसेको र प्रहरी प्रशासन पनि गठबन्धनकै मतियार बनेको उनीहरूको आरोप छ ।

‘स्याङ्जामा सरदर खसेको मत ५६ देखि ६१ छ, तर यहाँ ९९ प्रतिशतसम्म खसालिएको छ । नेपालको इतिहासमा यसरी मत खसेको कुनै अवस्थामा देखिएको छैन,’ पत्रमा भनिएको छ ।

गठबन्धनको धाँधलीले प्रहरी प्रशासनलाई पनि निकम्मा बनाएको र जनताले आफ्ना प्रतिनिधि छान्ने अधिकारबाट वञ्चित गराइएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित