काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । यहाँ घण्टी चिन्हका विराजभक्त श्रेष्ठ १०१०५ मत लिएर विजयी भए । उनका प्रतिस्पर्धी लौरोका उम्मेदवार सुमन सायमी ५८८९ मतमा रोकिए ।
गठबन्धनबाट उम्मेदवार बनेका पर्यटनमन्त्री नेकपा एसका उम्मेदवार जीवनराम श्रेष्ठ ४८७७ मतका साथ तेस्रो भए ।
एमालेका शिवसुन्दरराज वैद्य ३५२२ मत ल्याएर चौथो स्थान प्राप्त गरे ।
Discussion about this post