Khabar Samachar

Search
Close this search box.

पराजित भए घनश्याम भुसाल

207
VIEWS

एमालेले टिकट नदिएपछि सो पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन असफल भएका छन् । उनलाई सत्ता गठबन्धनको समर्थन रहेपनि चुनावी नतिजा भने प्रतिकूल आएको हो ।

भुसाललाई आफ्नै पूर्वसहकर्मी एमालेका सचिव छविलाल विश्वकर्माले पराजित गरेका हुन् ।  विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गरे भने पराजित भुसालले २१ हजार ३०८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित