Khabar Samachar

श्रीलंकामा परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

212
VIEWS

परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच द्वीपक्षीय भेटवार्ता भएको छ।परराष्ट्र मन्त्रालयले मंगलबार कोलोम्बोमा दुई मन्त्रीबीच भेट भएको र दुई पक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको जनाएको छ। खड्का र जयशंकर बिमस्टेकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन कोलम्बो पुगेका हुन्।

जयशंकरले मंगलबार ट्वीट गर्दै रामायण सर्किटलाई अघि बढाउने विषयमा ध्यान दिन छलफलसमेत भएको जानकारी दिएका छन्। बिमेस्टेकको १८ औं बैठकमा भाग लिन पुगेका नेपालका परराष्ट्रमन्त्रीसँग श्रीलंकाको राजधानी कोलम्बोमा भारतीय समकक्षीको भेट भएको हो। भेटमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी शुक्रबार तीन दिने औपचारिक भ्रमणका लागि भारत जाँदैछन्। नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकसाथ भ्रमणबारे जानकारी गराएका थिए। प्रधानमन्त्री नियुक्त भएपछि देउवा पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित