Skip to main content

Khabar Samachar

Search
Close this search box.

कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक, ३४ हजार बढी विद्यार्थी नन् ग्रेडमा

206
VIEWS

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार ३४ हजार ६०९ जनाले नन ग्रेड पाएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

गत ३० र ३१ भदौमा सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा एक लाख २६ हजार ६५३ जना सहभागी परीक्षार्थी मध्ये ९२ हजार ४४ जनाले मात्र ग्रेड प्राप्त गर्न सकेका छन् । बाँकी ६ जनाको परीक्षा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट अथवा १६०० मा एसएमएस गरेर हेर्न सक्नेछन् । परीक्षामा सहभागी भई सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको मितिले ७ दिन पश्चात् मात्र ट्रान्सक्रिप्ट, माइग्रेसन, प्राभिजनल र ग्रेडवृद्धि प्रमाणपत्रका लागि रसिद काट्न सक्नेछन् ।

परीक्षामा प्राप्त भएको कुनै विषयको ग्रेड अथवा अङ्कमा चित्त नबुझे १५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित