नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङ इलाम–२ बाट विजयी भएका छन्।
शनिबार राति सम्पन्न मत गणनामा नेम्वाङ ११४ मतान्तरसहित विजयी भएका हुन्।
नेम्वाङले ३० हजार २० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याए।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ३८० र मंगोल नेसनल अर्गनाइजेसनले १ हजार ३६३ तथा राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार २७२ मत ल्याएका छन्।
Discussion about this post