Khabar Samachar

Search
Close this search box.

डेनमार्कलाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा

210
VIEWS
  1. किलेन एम्बाप्पेको दुई गोल प्रेरित फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डी’ मा डेनमार्कलाइ २–१ गोलको नतिजामा पराजित गर्दै फ्रान्स एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्टेडियम नाइन सेभन फोरमा सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन किलेन एम्बाप्पेले दुई गोल गरे । डेनमार्कका एन्ड्रास क्रिस्टेनसनले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६१औं मिनेटमा एम्बाप्पेले गोल गर्दै डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई अग्रता दिलाएका थिए ।

त्यसको सात मिनेट नबित्दै डेनमार्कका क्रिस्टेनसनले बाबरी गोल फर्काएका थिए ।

एम्बाप्पेले ८६औं मिनेटमा दोस्रो गोल गर्दै फ्रान्सको जित २–१ ले सुनिश्चित गरेका थिए ।

पछिल्लो तीन संस्करणमा डिफेन्डिङ च्याम्पियन समूह चरण बाटै बाहिरिएका थिए । यस पटक डिफेन्डिङ च्याम्पियन फ्रान्स समूह चरण पार गरेर नकआउट चरण पुग्ने पहिलो टिम भएको छ ।
सन् २०१० मा इटाली, २०१४ मा स्पेन र २०१८ मा जर्मनी पहिलो चरणबाटै बाहिरिएका थिए ।

समूह चरणको पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलको नतिजमा राजित गरेको फ्रान्सले जितसँगै फ्रान्सले ६ अंक जोडेको छ । डेनमार्कले पहिलो खेलमा ट्युनिसियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित