Khabar Samachar

अहिले वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन : माधव नेपाल

204
VIEWS

 

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले नै वाम गठबन्धनको संयुक्त सरकार बन्ने सम्भावना नरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन्।

धक्का दिने गरी चुनावी परिणाम आएसँगै अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु सम्भावित सहकार्यको विकल्पमा अनौपचारिक सम्वादमा रहेका बेला नेपालको यस्तो प्रतिक्रिया आएको हो।

उनले परिणाम जे आए पनि अहिलेलाई पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिनुपर्ने प्रारम्भिक निष्कर्ष आफूहरुको रहेको पनि उनले सुनाए।

‘सत्ता गठबन्धनलाई निरन्तरता दिएर जानुपर्छ भन्ने पक्षमै हामी छौँ। राजनीतिक घटनाक्रमअनुसार अबको बाटो तय गर्नेबारे पनि बैठकमा कुरा भयो’, उनले भने, ‘सरकार बनाउनेबारे हामी आज प्रवेश गरेनौँ। केही ठाउँमा मतदान र मतगणना नै बाँकी छ। यी सबै कु्रा आएर पिक्चर क्लियर भएपछि मात्रै हामी धारणा बनाउँछौँ।’उनले वाम गठबन्धनको सरकारको सम्भावनालाई नकारिदिएका छन्। ‘वाम गठबन्धनबाट सरकार बन्न सक्ने सम्भावना छैन’, उनले भने, ‘हामी पनि त्यो दिशामा छैनौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित