Khabar Samachar

आवश्यकता र अवस्थाका आधारमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

13
SHARES
90
VIEWS

नेपाली कांग्रेसले वैशाखमा हुने स्थानीय चुनावमा अरू दलहरूसँग स्थानीय आवश्यकता र अवस्थाअनुसार गठबन्धन गर्ने निर्णय गरेको हो। प्रवक्ता डा प्रकाशशरण महतले स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने निर्णय भएको जानकारी दिए।

चारदिनसम्म चलेको केन्द्रीय समिति बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता महतले सर्वसम्वत रुपमा गठबन्धन गर्ने निर्णय भएको दाबी गरे।

‘स्थानीय चुनावका लागि स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा भयो,’ महतले भने, ‘यसका लागि केन्द्रदेखि तल्ला तहसम्म संयन्त्र बन्छ।’

स्थानीय तह निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा विजयी हुने आधार तय भएको, घर घर जाउँ, नेपाली कांग्रेस जिताऔं अभियानले उत्साह थपेको भन्दै उनले सबैलाई जुट्न अपिल गर्ने निर्णय गरेको बताए।

सरकार बनाउँदा साथ दिएका दलहरूलाई नै कांग्रेसले चुनावसम्म कायम राख्ने भएको हो। तर उम्मेदवार तय गर्नेजस्ता विभिन्न निर्णय भने विधानको व्यवस्थाअनुसार नै विभिन्न तहबाट गरिने महत बताउँछन्।

‘विधानको प्रक्रिया र व्यवस्थाअनुसार जुन तहलाई जुन अधिकार दिइएको छ त्यहीबाट तालमेलको निर्णय हुन्छ,’ प्रवक्ता महतले भने।

प्रवक्ता महतले नेपाली कांग्रेसको बहुसंख्यक स्थानीय तहमा विजयी हुने आधार बनेकाले गठबन्धन आवश्यकता अनुसार तालमेल गर्न सक्ने गरी केन्द्रीय समिति बैठकले नीतिगत निर्णय गरेको उनले बताए। आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि दुई वटा समिति पनि गठन गरेको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ भने केन्द्रीय प्रचार प्रसार समिति प्रवक्ता प्रकाशशरण महतको नेतृत्वमा गठन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित