Khabar Samachar

Search
Close this search box.

समूह विजेता बन्दै अर्जेन्टिना नकआउट चरणमा

200
VIEWS

 

समूहको निर्णायक खेलमा पोल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ। बुधबार राति पहिलो हाफ गोल रहित भएको खेलमा दोस्रो हाफको दोस्रो मिनेटमा गोल गर्दै अर्जेन्टिनाले अग्रता लिएको थियो।

 

४७ औं मिनेटमा एलेक्सेस म्याक एलिस्टरको गोलमा अग्रता लिएको थियो। जुलियन अल्भारेजले ६७ औं मिनेटमा अग्रता दोब्बर पार्दा अर्जेन्टिनाले जित पक्का गर्यो।

 

पहिलो हाफमा मेस्सी पेनाल्टीमा चुकेपछि दबाबमा आएको अर्जेन्टिनाले दोस्रोहाफमा राम्रो प्रदर्शन गरेको हो। खेलभर पूरै अर्जेन्टिना हाबी भएको थियो। पहिलो खेलमा साउदीसँग पराजित भएको अर्जेन्टिना लगातार दुई खेल जित्दै समूह विजेता बन्यो।

 

अर्जेन्टिनासँग पराजित भए पनि पोल्याण्ड पनि अन्तिम १६ मा पुगेको छ। अर्को खेलमा मेक्सिको विजयी भए पनि गोल अन्तरका आधारमा पोल्याण्डले अन्तिम १६ मा उपविजेताको रुपमा स्थान बनाएको हो। समान ४ अंक भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित