Khabar Samachar

प्रधानमन्त्रीसँगको भेटमा सीके राउतले उठाए नागरिकताको विषय

212
VIEWS

जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री शेरबहादुर देउवाको सँगको भेटमा किसान आन्दोलनका माग र नागरिकताको विषय उठाएका छन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र राउतबीच भेट भएको थियो । भेटमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार दुई नेताबीच संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने विषयमा छलफल भएको छ । छलफल सकारात्मक रहेको जनमत पार्टीका नेताहरुले पनि बताएका छन् ।

जनमत पार्टीका नेता बिपी साहका अनुसार भेटमा बधाई साटासाटका अलावा अध्यक्ष राउतले मुख्यत दुई विषय उठाएका छन् । पहिलो – नागरिकता । दोस्रो – किसान आन्दोलनको मागको सम्बोधन ।

‘नागरिकता विधेयक जुन राष्ट्रपतिकहाँ अड्किएको छ त्यसलाई तत्काल टुंगो लगाइनुपर्नेछ’ राउतले प्रधानमन्त्रीसमक्ष राखेको भनाइ उधृत गर्दै साहले भने । यसमा प्रधानमन्त्रीले आफूहरुको निरन्तर प्रयास जारी रहेको र नयाँ सरकार बनेपछि नागरिकता विधेयकको विषयलाई एउटा टुंगोमा पुर्‍याइने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित