Khabar Samachar

कतार विश्वकप: नकआउट चरणको समीकण पूरा, यी हुन् अन्तिम १६ मा परेका देश

237
VIEWS

फिफा विश्वकप अन्तर्गत २२ औं संस्करणमा नकआउट चरणको समीकरण पूरा भएको छ। पहिलो समीकरण पूरा भएसँगै १० देशहरु अर्को चरणमा पुगेका छन्।

शुक्रबार राति भएको खेलमा समूह ‘एच’ अन्तर्गत दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल र उरुग्वेले घानालाई २–० गोलले पराजित गरेका छन्। शनिबार बिहान भएको समूह ‘जी’ अन्तर्गत क्यामरुनले ब्राजिललाई १–० र स्विट्जरल्यान्डले सर्बियालाई ३–२ गोलले हराएका छन्।

योसँगै कतारमा चलिरहेको फिफा विश्व कप फुटबलको राउण्ड अफ १६ अर्थात नकआउट चरणको समीकरण पूरा भएको छ। गएराति भएको समूह चरणका अन्तिम ४ खेलसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको छ। फिफाले विभाजन गरेको ८ समूहमा हरेक समूहबाट विजेता र उपविजेता बन्दै दुई/दुई टोली नकआउट चरणमा प्रवेश गरेका हुन्।

समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता, समूह ‘बी’ बाट इङ्ग्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह ‘सी’ बाट अर्जेन्टिना विजेता र पोल्यान्ड उपविजेता तथा समूह ‘डी’ बाट फ्रान्स विजेता र अस्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन्।

यस्तै समूह ‘ई’ बाट जापान विजेता र स्पेन उपविजेता, समूह ‘एफ’ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह ‘जी’ बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन्।

शनिबारदेखि नकआउट चरणको खेल सुरु हुनेछ। आजको खेलमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अस्ट्रेलिया, फ्रान्स र पोल्यान्ड तथा इङ्ग्ल्यान्ड र सेनेगल खेल्नेछन्। यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच प्रतिस्पर्धा हुने फिफाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित