Khabar Samachar

Search
Close this search box.

गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बन्ने – मातृका यादव

206
VIEWS

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मात्रिका यादवले केपी ओलीको नेतृत्व रहेसम्म एमालेसँग मिल्न जानु राम्रो नहुने बताएका छन् ।

चुनावको समीक्षाका लागि शनिवार बोलाइएको पदाधिकारी बैठकअघि पत्रकारहरूसँग कुरा गर्दै नेता यादवले अहिलेको अवस्थामा गठबन्धनबाटै प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताए ।

यादवले भने- अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ,उहाँसँग त्यो क्षमता छ । अहिले त्यो परिस्थिति बन्दै छ र गठबन्धनबाटै हुने भएकाले अरू कसैको काँधमा चढ्नु पर्दैन । जहाँसम्म एमालेले अफर गरेको कुरा छ,त्यो अवसरवादी अफर हो । ओलीको नेतृत्व रहेसम्म एमालेसँग जानु राम्रो हुन्न ।

नेता यादवले गठबन्धन र कांग्रेस फकाउँदा फकाउँदै चुनाव सकिएर आफू हारेको भन्दै मधेसमा माओवादी पार्टी नै नरहेको बताए । उनले माओवादी पार्टी निरन्तर सत्तामा रहँदा जनमत घटेको दाबी समेत गरे ।

एमालेको अफर अवसरवादी रहेको यादवले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित