Khabar Samachar

सडक पिच गर्न माग गर्दै थली-साँखु खण्ड बन्द

204
VIEWS

बाटो पिच नगरिएको विरोधमा काठमाडौंको थलीवासीले थली-साँखु सडकखण्ड बन्द गराएका छन् । ‘सडक पीडित जनता’को नामबाट जारी सूचनामा आज बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख छ ।

थली-साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्र गर्ने भनिए पनि काम सुरु नभएकाले कालोपत्रे नहुन्जेलसम्मका लागि सडक बन्द गरिएको सूचनामा उल्लेख छ ।

यसअघि पनि थलीका व्यवसायी र स्थानीयले सडक बन्द गरेर कालोपत्र गर्न माग गर्दै आएका छन् । तर उनीहरुको माग अझैसम्म पूरा भएको छैन ।

चाबहिल-साँखु सडकखण्डमा पर्ने थलीस्थित व्यञ्जन पार्टी प्यालेसदेखि गोकर्ण रिसोट छेउ उकालोसम्मको बाटो कच्ची छ । वषर्ामा हिलो र हिउँदमा धुलो उड्ने भएकाले स्थानीय समस्यामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित