Khabar Samachar

मेलम्चीको पानी फेरि काठमाडौंमा, १० वटा ट्यांकीबाट आलोपालो वितरण गरिने

211
VIEWS

मेलम्ची आयोजनाको पानी काठमाडौं उपत्यकामा पुन: वितरण गरिएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज एक कार्यक्रमबीच पानी वितरण कार्यको पुन: शुभारम्भ गरेका छन् । मेलम्चीको पानी काठमाडौंमा वितरण कार्य शुभारम्भ गरिएको यो तेस्रो पटक हो ।

मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट मेलम्चीको पानी सुरूङमा पठाइएको थियो।

अम्बाथानबाट २६ किमी सुरूङ हुँदै मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्छ। सुन्दरीजलमा पानी शुद्धिकरण गरेपछि काठमाडौंका घरघरमा वितरण गर्ने गरिन्छ।

गत वर्ष पनि मेलम्चीको पानी काठमाडौंमा वितरण गरिएको थियो। तर बर्खा लागेपछि मेलम्चीको पानी ल्याउन छाडिएको थियो।

खानेपानी मन्त्री उमाकान्त चौधरीले आज महाँकालमा रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी वितरणको सुरूवात गर्नेछन्।

मेलम्ची खानेपानी विकास समितिले अब छ महिना मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न सकिने र कुनै अवरोध नआउने बताइरहेको छ। अम्बाथानमा अस्थायी संरचना तयार गरेर पानी ल्याइएको छ।

आजदेखि दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरूङमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित