Khabar Samachar

गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि भारतका प्रधानमन्त्रीसँग कुरा गरौंला: प्रधानमन्त्री देउवा

203
VIEWS

प्रधानमन्त्री शेरबहादुर देउवाले गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि पुन: भारतका प्रधानमन्त्रीसँग कुरा राख्ने बताएका छन्।

धनगढीमा बिहीबारदेखि सुरू भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

देउवाले यसअघि आफ्नो भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसित यस नाकाको स्तरोन्नतिबारे कुरा राखेको बताए।

उनले भारतीयले दुधवा राष्ट्रिय निकुञ्जलाई महत्वपूर्ण मान्ने भएकाले नाकाको स्तरोन्नति हुन ढिलाइ भएको र यसबारे उपाय निकाल्न सकिने बताए।

नाका हुँदै पलिया पुग्ने बाटाहरू वैकल्पिक भएकाले पुन: भारतसँग छलफल गर्ने उनले बताए।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको विकासमा पञ्चेश्वर र पश्चिम सेती जलविद्युत आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताए।

‘पश्चिम सेतीका काम सुरू भएको र पञ्चेश्वर आयोजना अघि बढाउन विषयमा पनि भारतले चासो राखेको छ,’ उनले भने।

कोभिडले धेरै ठूलो समस्या पारेका स्मरण गर्दै देउवाले आफूले खोप ल्याउँछु भनेर बोलेको कुरा पूरा गरेको बताए।

डोटीलगायत यस प्रदेशमा भुइँचालोले जनधनको क्षति भएको विषयमा देउवाले पीडितका दुख पीडामा सहभागी भएर सरकारले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे।

देउवा महोत्सवको उद्घाटन गरेर काठमाडौं फर्किएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित