Khabar Samachar

पोर्चुगललाई हराउँदै मोरक्को फिफा विश्वकप २०२२ को सेमिफाइनल प्रवेश

204
VIEWS

पोर्चुगललाई हराउँदै मोरक्को कतारमा जारि फिफा विश्वकप २०२२ को सेमिफाइनल प्रवेश गरेको छ ।

अल थुमामा रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलको ४२औं मिनेटमा योसुफले गोल गर्दै मोरक्को लाई अग्रता दिलाएका थिए ।

सोहि अग्रता खेलको अन्तिम समयसम्म कायम राख्दै पाेर्चुगलमाथि सानदार जित निकालेकाे मोरक्को विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्यो ।

सन् २००६ पछि पहिलो पटक क्वार्टरफाइनल पुगेको पोर्चुगलले गोल गर्ने थुप्रै अवसर पाएपनि फिनिसिङमा चुक्दा खेल बराबरी गर्ने अवसर खेर फाल्यो ।

समूह चरणमा अपराजित रहँदै समूह विजेताको हैसियतले अन्तिम १८ पुगेको मोरक्को अन्तिम १६ मा स्पेनलाई पेनाल्टि सुटआउटमा हराउँदै क्वार्टरफाइनल पुगेको थियो ।

यस्तै, पोर्चुगल समूह चरणमा लगातार पहिलो र दोस्रो खेल जित्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो । समूह चरणको अन्तिम खेलमा पोर्चुगल दक्षिण कोरियासँग हारेको थियो ।

अन्तिम १६ मा पेनाल्छि सुटआउटमा स्विट्जरल्यान्डलाई पराजित गर्दै पोर्चुगलले क्वार्टरफाइनलमा स्थान सुक्षित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित