नेकपा एमालेका नेता डा. भीम रावलले शेरबहादुर देउवा नेतृत्वको सरकार विगतकै जस्तो विकृतिको आहालमा डुब्ने दिशामा अघि बढेको बताएका छन्।
बहुमत जुटाउने नाममा मुलुकी फौजदारी संहिता कार्यविधि संशोधन गरेर टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीसहितलाई छुटाउन खोजिएपछि रावलले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले देउवाले विगतमा पनि प्रधानमन्त्री पदकै लागि अनेक काण्ड गराएको स्मरण गराएका छन्।
रावलले विगतमा सांसदलाई सुरा-सुन्दरी र बैंकक भ्रमणको आहालमा डुबाएर जम्बो मन्त्रिमण्डल बनाएर बदनामी कमाएको पनि उल्लेख गरेका छन्।
‘विगतमा प्रधानमन्त्री पदकै लागि सांसदलाई सुरा-सुन्दरी र बैंकक भ्रमणको आहालमा डुबाएको र जम्बो मन्त्रिमण्डल बनाएको भनी शेरबहादुर देउवाको व्यापक विरोध भएको बिर्सेझैँ गरी चुनावपछि अर्को सरकार बन्नुपर्ने बेला निहीत स्वार्थमा अध्यादेश ल्याउन खोज्नु गठबन्धन सरकारको देश र जनताप्रतिको धोका हो’, उनले भनेका छन्।
Discussion about this post