नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति दिएको छ ।
गृहमन्त्री बालकृष्ण खाँण प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने पक्षमा छैनन् । तर, प्रधानमन्त्री शेर बहादुर देउवाको ठाडो आदेशमा गृह सचिव विनोद प्रकाश सिंहले प्रस्ताव अघि बढाएपछि उनी हस्ताक्षर गर्न बाध्य भए ।
मन्त्री निकट एक जना उच्च अधिकृतका अनुसार ३० वर्षे सेवा अवधि हटाउन लागिएपछि उनी असन्तुष्ट छन् ।
अहिलेका आईजीपी धिरज प्रताप सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका हुन् । अर्थ मन्त्रालयले लिखित रूपमा पठाएको सर्त अनुसार ३० वर्षे हटेमा सिंह र उनका ब्याचमेटहरुले अवकाश पाएपछि मात्र सो सेवा अवधि लागु हुन्छ ।
सिंहका ब्याचमेट एआईजी रवीन्द्र बहादुर धानुकले कार्तिक २४ मा र अरुण कुमार बि.सी. कार्तिक १४ मा उमेर हदका कारण अवकाश पाइसकेका छन् ।
Discussion about this post