Khabar Samachar

नेपाल वायुसेवा निगमका १ सय बढी करारका ‘एयर होस्टेज’ आन्दोलनमा

206
VIEWS

करार सेवामा कार्यरत नेपाल वायुसेवा निगमका १ सय बढी एयर होस्टेज (क्याविन क्रु) आन्दोलनमा उत्रिएका छन् । म्याद सकिनेबित्तिकै करार अवधि थप गर्न र जागिरको सुनिश्चितताको माग गर्दै निगमको केन्द्रीय कार्यालय सुन्धारामा उनीहरूले धर्ना दिएका हुन् । करार सेवामा रहेका कर्मचारीहरूको करार थप गर्ने समय पुग्दा पनि अवधि थप गर्न ढिलाई गरेको, करार नथप्ने प्रपञ्च गरेको भन्दै बिहिबारदेखि उनीहरूले निगमको कार्यालयमा धर्ना दिँदै कामकाजमा गएका छैनन् ।

निगममा करारमा रहेका झन्डै १२० जना क्याविन क्रु धर्नामा रहेका छन् । निगमले १५ वर्ष करारमा सेवा गरेका आरती महर्जन र स्मिता गुभाजुको करार अवधि थप नगरेको भन्दै नेपाल वायुसेवा क्याविन क्रु संघले एक विज्ञप्ति जारी गर्दै करारनामा नभएका कर्मचारीको करार थप गर्न माग गरेको छ । मासिक १०० घण्टाभन्दा बढी उडान गर्न नपाउने व्यवस्था रहेपनि सोभन्दा बढी दिनरात उडान गराएकाले क्याविन क्रुमा सञ्चित थकान रहेकोले उडान कार्यमा सहभागी हुन नसक्ने जनाइएको छ ।

क्याविन क्रु आरती महर्जनले करार नवीकरणको समय आएपनि निगमको व्यवस्थापन पक्षले चलखेल गरेर आफ्नो मान्छे भर्ती गर्न वर्षौदेखि काम गर्दै आएका क्याविन क्रु को नवीकरण रोक्न चलखेल गरेको रातोपाटीलाई बताइन् । नवीकरण रोक्न खोजेका कारण मानसिक तनावमा रहेका क्याविन क्रु का कर्मचारी मानसिक रुपमा बिरामी रहेकोले हवाई उडान तथा कार्यकालको काम गर्न नसक्ने अवस्थामा रहेको उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित