Khabar Samachar

Search
Close this search box.

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

206
VIEWS

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ।
भारतीय प्रशिक्षक प्रभाकरले आजै बिहीबारबाट लागु हुने गरी राजीनामा दिएको क्यानले जनाएको छ।

प्रभाकरको राजीनामा क्यानले स्वीकृत समेत गरिसकेको छ।

मुख्य प्रशिक्षक प्रभाकर साउनमा नेपाली टोलीको नेतृत्व गर्न काठमाडौँ आएका थिए।

तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अचानक राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो। मुख्य प्रशिक्षक प्रभाकरसँग क्यानले एक वर्षको सम्झौता गरेको थियो।

भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन्।

क्यानले प्रभाकरलाई मासिक १५ हजार डलरसहित अनुबन्ध गरेको क्यानका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित