Khabar Samachar

संसदीय दलको नेतामा रामचन्द्रले गरे देउवालाई प्रस्ताव, समर्थकमा पूर्णबहादुर खड्का

226
VIEWS

 

नेपाली कांग्रेस संसदीय दलको बुधबार हुने निर्वाचनका लागि सभापति शेरबहादुर देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल बसेका छन्।

मंगलबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर देउवाले आफ्नो उम्मेदवारी दिएका हुन्।

देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेको बिमलेन्द्र निधिले  जानकारी दिए।

मंसिर ४ को चुनावअघि पौडेल पनि दलको नेता बन्ने आकांक्षीमध्ये एक थिए। तनहुँ १ बाट चुनाव जितेपछि देशलाई अघि बढाउन अब आफ्नो नेतृत्व चाहिने बताएका पौडेल देउवाको पक्षमा उभिएका हुन्।

संसदीय दलको नेतामा महामन्त्री गगन थापाले पनि उम्मेदवारी दिएका छन्। थापाको समर्थकमा शेखर कोइराला तथा प्रस्तावाकमा धनराज गुरूङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन्।

संसदीय दलको नेताका लागि आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म सिंहदरबारस्थित दलको कार्यालयमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका छ। आजै साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ।

बेलुका ४ बजेसम्म उम्मेदरवारविरुद्ध उजुरी दिन पाइनेछ भने साढे ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन पाइनेछ। मंगलबार बेलुका पौने ६ बजे उम्मेवारको अन्तिम नामावली प्रकाशन भएपछि भोलि (बुधबार) बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुनेछ ।

कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निर्वाचनमा ८९ सांसदले मतदान गर्न पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित