Khabar Samachar

संसदीय दलमा पराजित भएँ, सरकारमा जान्नँ : गगन थापा

209
VIEWS

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको चु्नावमा पराजित भइसकेकपछि आफू अब मन्त्री नहुने बताएका छन्।

सभापति शेरबहादुर देउवासँग ३९ मतले पराजित भएसँगै उनले संसदीय दलको अर्को चुनाव नभएसम्म सरकारमा नजाने घोषणा गरेका हुन्।

‘परिणाम जे आए पनि अब हामी पार्टीलाई हामी एकढिक्का बनाएर लैजान्छौँ’, उनले भने, ‘कांग्रेसका अधिकांश सांसद साथीहरु पार्टीलाई पुरानै शैलीमा चलाउने पक्षमा उभिनुभयो। यसलाई म स्वीकार्छु। अब म मलाई मत नदिने साथीहरुको पनि मन जित्ने प्रयास गर्छु। फेरि केही समयपछि निर्वाचन हुन्छ। हामी फेरि प्रतिस्पर्धा गरौँला। त्यो बेलासम्म नयाँ परिणाम आउला त्यसबेलासम्म आफ्नो पक्षमा नतिजा ल्याउँछु् भन्नेछ।’

उनले संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिसकेपछि अब आफू सरकारको कुनै जिम्मेवारीमा नजाने पनि बताएका छन्।

‘म संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिसकेपछि फेरि त्यसको कोसिस गर्छु। सरकारमा अरु साथीहरु जानुहुन्छ। नेपाली कांग्रेसको महामन्त्रीका रुपमा काम गर्छु, सांसदका रुपमा काम गर्छु’, उनले भने, ‘संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने हो। अर्को चुनावमा म परिणाम मेरो पक्षमा पार्ने गरी काम गर्छु। सरकारमा जाने र मन्त्रीका रुपमा काम गर्ने कुरा अहिले म गर्दिनँ। यो परिणाम मेरा लागि अनपेक्षित थियो। मैले अझै मिहिनेत गर्नुपर्ने भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित