Khabar Samachar

मतदान गर्ने क्रममा फोटो खिच्न्ने सांसदलाई मतपत्रको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्न गगनको चुनौती

200
VIEWS

नेपाली कांग्रेसको हालै सम्पन्न संसदीय दलको निर्वाचनमा केही सांसदहरूले नियम विपरीत आफूले मत हालेपछि मतपत्रको तस्बिर खिचेका छन्।

यसरी तस्बिर खिच्ने कम्तीमा १०-११ जना सांसदहरू रहेको संसदीय दलका उम्मेदवार गगन थापाले बताए।

‘मतदानका क्रममा आफ्नै आँखा अगाडि १०-११ जना सांसदले मतपत्रको फोटो खिचेको देखेँ’, गगनले भने, ‘हेर्दाहेर्दै केही सिनियर नेताहरू अरूलाई कुरेको भनेर छेउमा आएर बस्नुभयो। मेरै आँखा अगाडि हामीले कराउँदा कराउँदै, त्यसो नगर्नुहोस् भन्दा भन्दै पनि १०/११ जना साथीले मोबाइल निकालेर तस्बिर खिच्नुभयो।’

नेता थापाका अनुसार सांसदजस्तो मान्छेलाई मोबाइल बाहिरै राख्न भन्नु सम्मानजनक नहोला भनेर हामीले पनि पार्टीको आन्तरिक निर्वाचन भएकाले यसलाई ठूलो विषय नबनाइ मोबाल बोक्न दिएको बताए।

‘यो सांसदहरू आफैँले बुझ्नुपर्ने कुरा थियो। अब तस्बिर खिचिसकेपछि यसलाई सार्वजनिक गर्ने पनि हिम्मत राख्नुपर्‍यो नि। मेरो अनुरोध छ, आज बेलुका आफ्नो सामाजिक सञ्जालमा ती फोटो पोस्ट गरेर देखाइदिनुस्।’

उनले फोटो खिचेर लगेर कसैलाई देखाउनुभन्दा सांसद साथीहरूले सामाजिक सञ्जालमा नै राखिदिनु उचित हुने भन्दै सार्वजनिक गर्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित