धोबीखोला किनारमा महानगरले डोजर चलाएको छ । १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका संरचनाहरु भत्काएको छ।
बुधवार काठमाडौं महानगरपालिकाले सो क्षेत्रमा निर्माण गरिएका संरचनाहरु भत्काएको हो। महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुको भागाभाग भएको थियो।
महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्शाविपरितको बेसमेण्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ।
आफूले व्यापार गर्दै आएको ठाउँ डोजरले भत्काएपछि उनीहरुले सामान ओसार्न थालेका हुन्।
Discussion about this post