नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने पदाधिकारी बैठकलाई अनुमोदन गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता सर्वसम्मत रूपले चयन गरेको हो। यस्तै राष्ट्रिय सभातर्फ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दलको नेतामा चयन भएका छन्।
माओवादीले सचिव हितराज पाण्डेलाई प्रमुख सचेतक बनाएको छ। उपनेता भने पछि चयन गर्ने निर्णय भएको बताइएको छ।
उपनेतामा जनार्दन शर्मा र वर्षमान पुनको दाबी छ।
Discussion about this post