Khabar Samachar

Search
Close this search box.

नेपाल टी–२० लिगको विजेताले ५५ लाख रुपैयाँ पाउने

200
VIEWS

शनिबारदेखि सुरु हुने नेपाल टी–२० लिग फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

प्रतियोगिता सुरु हुनु अघिल्लो दिन नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्राटेजिक साझेदार सेभेन थ्री स्पोर्टसले पुरस्कार रकम सार्वजनिक गरेको हो ।

यसअनुसार प्रतियोगिताको विजेताले ५५ लाख पाउने भएको छ। त्यस्तै दोस्रो हुने टोलीले ३० लाख र तेस्रो हुने टोलीले १० लाख पाउनेछ।

चौथो हुने टोलीले पनि ५ लाख रुपैयाँ हात पार्ने भएको छ। त्यसैगरी प्लेयर अफ दि सिरिजले ५ लाख पाउँदा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान साढे २ लाख पाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। त्यस्तै उदीयमान खेलाडीले पनि १ लाख ८० हजार पाउनेछ।

सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा हुनलागेको हो। शनिबार काठमाडौं नाइट्स र पोखरा एभेन्जरले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित