Khabar Samachar

Search
Close this search box.

सिन्धुपाल्चोकका एसपी रामेश्वर यादव भ्रष्टाचारमा दोषी ठहर

213
VIEWS

नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्टाउँदै यादवलाई दोषी ठहर गरेको हो । उनी सिन्धुपाल्चोक प्रहरी प्रमुखका रुपमा कार्यरत छन् । २०७० सालमा रुपन्देहीमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेषले उनलाई सफाइ दिएपनि सर्वोच्चले मुद्दा दर्ता भएको झन्डै साढे ७ वर्षपछि अघिल्लो फैसला उल्टाएर यादवलाई दोषी ठहर गरेको हो । पुस ५ गते सर्वोच्च अदालतका न्यायाधिशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यादबलाई दोषी ठहर गरेको हो। सजाय भने निर्धारण हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित