राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ।
संसदीय दलको विधान मस्यौदा र नयाँ सरकार गठन र समसामयिक राजनीतिक घटनाक्रमबारे धारणा बनाउन संसदीय दलको बैठक आज दिउँसो १ बजे बसुन्धारामा बस्न लागेको हो।
बैठकमा संसदीय दलको विधान तथा सरकारमा जाने वा नजानेजस्ता विषयमा छलफल हुने प्रवक्ता मुकुल ढकालले बताए। बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
रास्वपाका अध्यक्ष रवि लामिछाने सरकारमा सहभागी हुने पक्षमा छन्। यसबारे औपचारिक निर्णयका लागि दलको बैठक बस्न लागेको हो।
सत्ता गठबन्धनको स्पस्ट बहुमत नभएको अवस्थामा रास्वपालाई समेत सहभागी गराउँदा सरकार र संसदको स्थायित्वमा सहयोग पुग्ने मत नेपाली कांग्रेसभित्र पनि छ।
प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन्।
Discussion about this post