Khabar Samachar

Search
Close this search box.

प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति

213
VIEWS

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो ।

‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’ बैठकमा सहभागी एक नेताले भने ।

आइतवारसम्म सत्ता गठबन्धन नछाड्ने मुडमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालकोटमा तान्न सफल भएपछि देशको राजनीति नयाँ शिराबाट अघि बढ्ने देखिएको हो।

यद्यपि अहिलेसम्म वाम नेतृत्वको सरकार बन्ने टुंगिएको छैन। अहिले बालकोटमा नेकपा एमालेका अध्यक्षको पहलमा नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका नेताहरुबीच वार्ता भइरहेको छ।

बालकोटमा वार्ता गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बालकोटबाट बाहिरिएका छन्। उनले सरकारमा जानेबारे निर्णय लिन आकष्मिक बैठक डाकेका छन्।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई पनि बालकोट वार्तापछि पार्टीमा निर्णय गराउने भन्दै निस्किएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित