नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई दुवै पदबाट राजीनामा दिन सुझाव दिएका छन् । दुई वर्ष लामो सत्ता गठबन्धन भत्काउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग मिल्न पुगेपछि घिमिरेले देउवाको राजीनामा मागेका हुन्।एमाले-माओवादी नेतृत्वको नयाँ समीकरण बनेसँगै नेता घिमिरेले ट्वीटमार्फत देउवालाई नैतिकताको आधारमा तत्काल राजीनामा दिन भनेका हुन् । उनले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउने पनि उल्लेख गरेका छन् ।
Discussion about this post