Khabar Samachar

Search
Close this search box.

गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी, न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्का

203
VIEWS

सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । कान्तिपुर टेलिभिजनका जिल्ला ब्युरो प्रमुख ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक समेत हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा निवास ऐरी १८ वर्षदेखि पत्रकारितामा छन् । पत्रकारितामा एमफिल गरेका ऐरी डडेल्धुरा शान्ति समाजको संयोजक समेत भएका थिए ।

त्यस्तै श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्का नियुक्त भएकी छिन् । उनी नेपाल पत्रकार महासंघकी पूर्व सचिव समेत हुन् । खड्का प्रेस सेन्टरमा आवद्ध रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित