Khabar Samachar

बागमतीको प्रदेश अधिवेशन पुस १८ गतेका लागि आह्वान

202
VIEWS

बागमती प्रदेशसभा बैठक पुस १८ गते सोमबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ ।बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पुस १८ गते सोमबार दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

मंसिर ४ गते सम्पन्न निर्वाचनबाट गठित प्रदेशसभाको पहिलो बैठक सोमबारका लागि तय भएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको हो ।प्रदेश सभाको बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्ने छन् । बुधबार मात्र प्रदेश प्रमुखसँग जेष्ठ सदस्यको नाताले पद तथा गोपनियताको शपथ लिएका उनले अरु सांसदले बिहीबार शपथ गराउँदै छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित