Khabar Samachar

मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

207
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सोमबार बिहान ११ बजे प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गर्न लागेका हुन्।

मन्त्रालयहरूमा भइरहेका कार्यप्रगति र समस्यालगायत विषयमा छलफल केन्द्रित रहने बताइएको छ।

यसैबीच आजै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग पनि छलफल गर्न लागेका छन्।

सोमबार बिहान १० बजे सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म ८ जना मन्त्री बनाएका छन्। तर अधिकांश मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै हेर्ने गरी राखिएको छ। मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित