Khabar Samachar

हाम्रो टिमका साथीलाई पनि ‘फिक्सिङ’ को प्रस्ताव आएको थियो – काठमाडौँ नाईट्स कप्तान ज्ञानेन्द्र मल्ल

218
VIEWS

नेपाल टी-२० लिगको टिम काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई ‘फिक्सिङ’का लागि प्रस्ताव आएको बताएका छन्।

मंगलबार विराटनगर सुपरकिंग्सविरुद्धको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञानेन्द्रले आफ्नो टिमका एक खेलाडीलाई प्रस्ताव आएको खुलासा गरेका हुन्।

‘हाम्रो टिमका एक साथीलाई पनि एप्रोच गरिएको थियो। उनले तत्काल हामीलाई जानकारी गराएपछि हामीले एन्टी करप्सन युनिटलाई खबर गर्‍यौं,’  कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी लिगमा फिक्सिङ भएको विषयमा गरिएको प्रश्नमा ज्ञानेन्द्रले भने।

उनले कुन खेलाडीलाई कस्तो खालको प्रस्ताव आएको भने खुलाएनन्।

फिक्सिङसहित अरु खराब क्रियाकलापको निगरानीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) प्रतिनिधिको रूपमा वीर सिंहलाई एन्टी करप्सन युनिटको प्रमुख बनाएको छ।

तर उनी आइसिसीको एन्टी करप्सन युनिटबाट रिटायर्ड भइसकेको पाइए पनि क्यानले आइसिसीसँगकै समन्वयमा उनलाई लिखित रुपमा नियुक्त गरेको बताएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लिगका खेलमा फिक्सिङसहितका अन्य गतिविधि भएमा एन्टी करप्सन युनिटमा खबर गर्न सकिने बताउँदै आएका छन्।

फिक्सिङको बारेमा पटकपटक कुरा उठ्दा अध्यक्ष चन्दले एन्टी करप्सन युनिटमा जानकारी गर्न सकिने र  दोषी पाए कारबाही गरिने बताएका छन्।

क्यानको एन्टी करप्सन युनिटीमा खबर आएपछि युनिटले क्यानलाई जानकारी दिनुपर्छ। त्यसपछि क्यानले आइसिसीलाई खबर गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित