Khabar Samachar

Search
Close this search box.

कांग्रेसले उम्मेदवार नाममा वैशाख १ सम्म केन्द्रमा पठाइसक्नुपर्ने

213
VIEWS

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिले वडादेखि उपमहानगरपालिकासम्मका उम्मेदवार टुंग्याउने समय निर्धारण गरेको हो।

कांग्रेस केन्द्रीय कार्यालयले समितिका तर्फबाट टेलिफोनमार्फत जिल्लाहरूलाई पठाएको समय तालिकाअनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुङ्ग्याएर नामावली बुझाउन निर्देशन दिएको छ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको छ। ‘नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको परिपत्रअनुसार आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार तय गर्न तपसिल तालिका अनुसारको समय सीमाभित्र आवश्यक कार्य गर्न गराउनुहुन निर्देशनानुसार जानकारी गरिन्छ,’ केन्द्रको निर्देशनपछि कांग्रेस कञ्चनपुरले मातहतलाई लेखेको परिपत्रमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित