Khabar Samachar

पानी सम्झेर शिक्षिकाले दिएको स्प्रिट पिउँदा विद्यार्थीको मृत्यु

207
VIEWS

सिरहाको मिर्चैया नगरपालिका- ६ स्थित सगरमाथा माविका एक जना विद्यार्थीले औषधि खान पानी माग्दा शिक्षिकाले स्प्रिटलाई पानी सम्झेर दिएपछि विद्यार्थीको मृत्यु भएको छ ।

पानीको सम्झेर डिउको बोतलमा रहेको स्प्रिट खाएपछि कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो ।उनी सिरहा नगरपालिका ११ भलुवाहीको रहेको प्रहरीले जनाएको छ ।

शिक्षिकाले पानीको सट्टा दिएको स्प्रिट खाएपछि छात्राको मृत्यु भएको विरोधमा सिरहाको  सगरमाथा उच्च माविका विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

पुस २२ गते विद्यालयमा औषधी खानका लागि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन् । शिक्षिका लम्सालले माउन्टेन ड्यूको बोतलमा रहेको स्पिरिट पानी ठानेर दिइन् । छात्रा सिर्जनाले उक्त बोतलमा रहेको स्पिरिट पानी सम्झेर खाएलगत्तै बेहोस् भएकी थिइन् ।उनलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल पुर्याइयो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भयो । सो घटनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आज विद्यार्थीहरु र मृतक छात्राका आफन्तहरुले आन्दोलन सुरु गरेका छन् ।

उनीहरुले बिहान साढे १० बजेबाटै मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्गमा विद्यार्थीहरु टायर बालेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनका कारण राजमार्गमा चल्ने सवारी साधनहरु अलपत्र परेको छ ।

मृतकको शव अहिले अस्पतालमै राखिएको छ । लापरबाही गर्ने विद्यालय प्रशासन र शिक्षिकालाई कारबाही गर्नुपर्ने र मृतक छात्राकी परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आन्दोलित विद्यार्थीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित