Khabar Samachar

Search
Close this search box.

हामीसँग आवेग मात्रै होइन, अग्रजप्रति सम्मान पनि छ : सीके राउत

200
VIEWS

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले नयाँ जनादेश लिएर आए पनि आफूहरुसँग आवेगमात्रै नभएको बताएका छन्।

सोमबार बसेको संसद बैठकमा बोल्दै अध्यक्ष राउतले नयाँ भएपनि देश बनाउने कुरामा कुनै शंका नगर्न आग्रह गरे।

‘सम्माननीय प्रधानन्त्रीले यहाँ भन्नुभयो नयाँ जनादेश लिएर आउनुभएका साथीहरुसँग आवेग छ,’ राउतले भने, ‘हामीसँग आवेग मात्रै होइन, अग्रजप्रति सम्मान पनि छ।’

अध्यक्ष राउतले नयाँ पार्टीहरुले दलहरुसँग मिलेरै काम गर्ने बताए। उनले कुनै बेला संसद भनवनमा आफ्नो नामसमेत उच्चरण गर्न निषेध गरिएको स्मरण गरेका छन्।

‘कुनै बेला यही संसदमा मेरो नामसमेत उच्चरण गर्न निषेध थियो’, उनले भने, ‘आज म यही संसदमा उभिएको छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित