वेल्सका कप्तान ग्यारेथ बेलले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । ३३ वर्षको उमेरमै उनले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।
उनले ट्वीट गरेर सन्यास लिएको जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो निर्णय मेरो करियरकै अहिलेसम्मकै सबैभन्दा कठिन निर्णय हो ।’
उनले अगाडि भनेका छन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा केवल मेरो जीवन बदलिएको छैन, बरु म को हुँ भन्ने पनि स्थापित भएको छ । म यो अविश्वसनीय इतिहासमा देशका लागि एक भूमिका निर्वाह गर्दा आफूलाई सम्मानित महसुस गर्दछु ।’
बेल वेल्सको सबैभन्दा महान खेलाडीको रुपमा चिनिन्छन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा ४१ गोल गरेका छन् ।
Discussion about this post