क्रिकेटर सन्दीप लामिछानेको रिहाइ प्रक्रिया सुरूसँगै उनका वकिल सरोजकुमार घिमिरेले क्याप्टेनमा पुनर्वहाली गर्न क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान) लाई सुझाव दिएका छन् ।
खेलको विषयलाई लिएर उच्च अदालतको आदेशमा केही नभनेकोबारे पत्रकारको जिज्ञासामा घिमिरेले खेलको विषयमा आदेश गर्नुपर्ने कुनै आवश्यक नै नरहेको बताए ।
‘खेलको विषयमा आदेश गर्नुपर्ने आवश्यक नै छैन । सन्दीप थुनामा परेकाले सस्पेन्सन गरेको । थुना बाहिर भएकाले क्यानले क्याप्टेनसिप फिर्ता दिनुपर्ने हुन्छ । हेर्नुस् न क्रिकेट कुन अवस्थाबाट गुज्रिएको छ । सिरियसली नै क्यानले क्रिकेटलाई महत्वपूर्ण लिन्छ भने उनलाई क्याप्टेनको रूपमा लिनुपर्छ । दोषी त करार भइसकेको छैन ‘, घिमिरेले भने ।
बलात्कार अभियोगमा उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि क्रिकेटर सन्दीप लामिछाने शक्रबार केन्द्रीय कारागार सुन्धारबाट रिहा हुँदैछन्।
उनका वकिल सरोजकृष्ण घिमिरेले कारागारबाट स्वास्थ्य जाँच सकिएपछि जिल्ला अदालतमा तारेख लिन जानुपर्ने बताएका छन्।
‘उच्च अदालतबाट आदेशको फाइल जिल्ला अदालतमा गइसकेको छ। जिल्ला अदालतले अब त्यो फाइल यहाँ (कारागार) पठाउँछ,’ उनले भने, ‘त्यसपछि उनको स्वास्थ्य चेकजाँच गरेर फेरि तारिख लिनुपर्छ। जिल्ला अदालतबाट तारेख लिनुपर्छ अनि मात्रै छाडिन्छ।’
अधिवक्ता घिमिरेले जेलबाट रिहा भएसँगै सन्दीपलाई क्रिकेटमा फर्किन कुनै समस्या नहुने बताएका छन्।
Discussion about this post