बाल यौन दुरुपयोगको आरोपमा थुनामा रहेका नायक पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ। पलका वकिल कमला मोहन वाग्लेका अुनसार तनहुँ जिल्ला अदालतमा आज सनुवाइ हुने भएको हो।
यसअघि पटक पटक पेशी तोकिएपनि स्थगित हुँदै आएको थियो। तर आज पलको तर्फबाट स्थगित नगराउने र सुनुवाई हुने सम्भावना रहेको वाग्लेले बताए।
पल नाबालिक बलात्कारको आरोपमा छन्। उनी अहिले तनहुँ कारागारमै छन्।
Discussion about this post