नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ । सहमहामन्त्री जीवन परियारले समानुपातिक सांसद न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने जानकारी दिएका हुन् ।
उनले नेपाल प्रेससँग भने, ‘उहाँ (ईश्वरी) लाई उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको छ । निर्णय भएको छैन । हामी माधवजीहरूसँग पनि छलफल गर्देछौं ।’
उनले अन्य सहयोगी दलहरूसँग सहमति गरेर अघि बढ्ने बताए । पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको थियो ।
सत्ता गठबन्धनको तर्फबाट एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
Discussion about this post