Khabar Samachar

दुर्घटनाबारे अध्ययन गर्न विमान निर्माण कम्पनीको टोली पोखरामा

206
VIEWS

नेपालमा पहिलो पटक एटीआर विमान दुर्घटना भएको हो । त्यसैले विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो ।

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि पोखरामै रहेर काम थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

जहाँजको ब्ल्याक बक्सको रिपोर्ट आउन ढिला हुने भएकाले रिपोर्ट कहिलेसम्म आउने भन्न नसकिने उक्त आयोगका एक सदस्यले अनलाइनखबरलाई बताए ।

‘भर्खर जाँच सुरु भएको छ । सबै चिज मिहिन ढंगले अध्ययन गर्नुपर्छ । त्यसमाथि सुरुमा ब्ल्याक बक्सको रिपोर्ट नआई केही भन्न सकिँदैन,’ आयोगका एक सदस्यले भने, ‘फाइनल रिपोर्ट आउन अझै केही समय लाग्छ । निश्चित छैन ।’

पोखरामा भएको यती एयरलाइन्सको विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली पोखरा पुगेको छ । टोली दुर्घटनास्थलमा पुगेको हो । विमान निर्माता कम्पनीका तर्फबाट अध्ययनका लागि आएको नौ सदस्यीय विज्ञ टोली घटनास्थल पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित